Logo

घरमा भएका हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह



काठमाडौं,२४ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।

आज एक सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन भनेको हो।वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन कार्यालयले अनुरोध गरेको हो। हातहतियार बुझाउन अटेर गर्नेलाई कानुनवमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot