Logo

कांग्रेस सांसद बलायरलाई सभामुखले आकस्मिक समयमा बोल्न रोकेपछि…



काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई सभामुख देवाराज घिमिरेले आकस्मिक समयमा बोल्नबाट रोकेका छन् । सांसद बलायरले बोलोको विषय वस्तु अघिल्लो संसद् र आजको संसद्बीचको घटना नभएको भन्दै उनलाई सभामुखले अभिव्यक्ति रोक्नका लागि भनेका हुन् ।

सांसद बलाएरले सुदूरपश्चिमको राजधानी त्यहाँको संसद्ले ०७५ सालमै दुईतिहाईबाट तय गर्दापनि अहिलेसम्म केन्द्रीय सरकारले भोगाधिकारसमेत दिन नसकेको जटिल परिस्थिति रहेको बताएका थिय । उनले आफ्नो अभिव्यक्ति टुंग्याउन नपाउँदै सभामुख घिमिरेले उनलाई निर्देशन दिए– ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५ (१) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम बोलेको विषय वस्तु अघिल्लो संसदमा बोलेको अर्थात हिजोको बैठकमा बोलेको र आजको बैठकबीचको घटना वा विषय नभएकाले आफ्नो भनाई रोक्न म आग्रह गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्