Logo

सरकारका बारेमा संसद्मा उठेका प्रश्नको जवाफ कहिले ?– राजेन्द्र पाण्डे



काठमाडौं, २४ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका बारेमा संसद्मा उठेका प्रश्नको जवाफ कहिले पाइन्छ ? भनी प्रश्न गरेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पाण्डेले अहिलेको संसद् सुरु भएदेखि हालसम्म २१ वटा बैठक बस्दैगर्दा बैठकमा उठेका प्रश्नहरुको जवाफ नपाएको बताएका हुन् ।

‘हिजो पनि मन्त्रीले आएर उत्तर दिनुभएन । आज पनि कोही उत्तर दिने मन्त्री आउनु भएको छ छैन त्यो त मलाई थाहा छैन । तर, १९ वटा बैठक हुँदा पनि सरकारको ध्यान हामीले आकर्षित गर्न सकेनौं कि ? हामीले जनताका समस्याहरु पोख्ने थलो हो यो संसद् भनेको । जनताका समस्या हामीले यहाँ पोख्छौं । तर, सरकार मुकदर्शक भएर बस्यो भने आज जनताकोबीचमा संसद्प्रति कस्तो धारणा बन्ला ? हरेक दिन मन्त्रीले आएर आफ्नो मन्त्रालयको बारेमा उठेका प्रश्नको उत्तर दिने परिस्थिति बनोस्,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot