Logo

दुई माओवादी घटकबीच एकता



काठमाडौं, २४ चैत्र । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता भएको छ ।

आज काठमाडौंको घट्टेकुलोस्थित् इच्छुक प्रतिस्ठानमा पत्रकार सम्मेलन गरी पार्टी एकता घोषणा भएको हो । बास्तोला नेतृत्वको नेकपा (बहुमत) केही समयअघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा बाट अलग भएको थियो भने नेत्रविक्रम चन्द भने वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाट अलग भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot