काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) प्रधानमन्त्री प्रचण्ड भेट्न नेता कोइराला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । उनीहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारेमा छलफल भएको बताइएको छ ।
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर मन्त्रीको नाम पठाउने बताएका छन् । कांग्रेसका गगन शेखर समूहले तीन मन्त्रालयमा दाबी गर्दै मन्त्रीको नाम पठाएको छैन । जसले गर्दा प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद पूर्णतामा सकस भएको छ ।