Logo

घरेलु हातहतियारसहित सुकुम्बासीको प्रर्दशन, बालेनलाई तनाव



काठमाडौं, २४ चैत्र । काठमाडौं महानगरपालिकाले तीनकुने आसपारका सुकुम्बासी बस्ती हटाउने तयारी गरेसँगै त्यहाँका सुकुम्बासीहरु घरेलु हातहतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।

महानगरले गैरिगाउँस्थित बागमती नदी किनारमा रहेको सुकम्बासी बस्ती हटाउने तयारी गरेको थियो । काठमाडौं महानगरले सुकुम्बासी हटाउनलाई पटक–पटक प्रयास गर्दै आएको छ ।

कुनै विकल्प नदिई आफूहरुलाई विस्तापित गर्न लागिएको भन्दै सुकुम्बासीहरुले महानगरको निर्णयविरुद्ध पटक–पटक प्रर्दशन गरिरहेका छन् । काठमाडौंका मेयर बालेन्द्र शाहलाई सुकुम्बासी बस्ती हटाउन सकस भएको छ । उनी अन्य कुरामा सफल देखिएपनि सुकुम्बासी बस्ती व्यवस्थापनका सन्दर्भमा भने पटक–पटकको प्रयासमा पनि अवरोध आइरहेको छ । File Photo/ Reporters Nepal 

 

 

 



प्रतिक्रिया दिनुहोस्