Logo

वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय अध्ययनका लागि ५ सदस्यीय समिति गठन



काठमाडौं, २४ चैत्र । नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि ५ सदस्यीय समिति गठन गरिएको छ ।

पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किँरातीले बताए ।

समितिका अन्य सदस्यहरुमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot