Logo

‘इमोसनल’ कुरा गरेर जित्ने चुनावले जनतालाई फाइदा गर्दैन– केपी ओली



काठमाडौं, २४ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारहरुले ‘इमोसनल’ कुरा भन्दा पनि मतदातालाई एजेण्डा बताउन आवश्यक रहेको उल्लेख गरेका छन् । तनहुँ–१ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनलाई लिएर प्रचार प्रसारको अभियान नियालिरहेको उल्लेख गर्दै उनले ‘इमोसनल’ केही दिन हल्लाखल्ला गरेर चुनाव जित्ने बाटोमात्रै भएको बताएका हुन् । यसले फाइदा नगर्ने उनको भनाई छ ।

‘तनहुँलाई कस्तो बनाउने भन्ने विषयमा उम्मेदवारहरुले ‘इमोसनल’ कुरा भन्दा पनि आफ्ना एजेण्डाहरु मतदाताहरुलाई बताउन् । मैले हाम्रो पार्टीका उम्मेदवार सर्वेन्द्रजीलाई पनि भनेको छु– यो केही दिन हल्लाखल्ला गर्ने र चुनाव जित्ने विषय मात्रै भयो भने त्यसले जनतालाई फाइदा गर्दैन,’–  उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेताले आफ्ना कुरा भन्दा धेरै जनताका कुरा सुन्न आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्