Logo

एक्लिँदै माधव नेपाल, नेउपानेले पनि छाडे नेकपा (एस)



काठमाडौं, २५ चैत्र । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । नेकपा (एमाले) सँग विद्रोह गरेर नेकपा (एस) बनाउन माधवकुमार नेपालसँग सहकार्य गरेका नेउपानेले पार्टीभित्रको आन्तरिक काम कारबाहीमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन् ।

उनी नेकपा (एस) मा माधव नेपाल, झलनाथ खनाल पछिको तेस्रो वरियतामा थिए । नेकपा (एस) मा कम्युनिष्ट चरित्र सकिएर दक्षिणपन्थीहरुको सेवक बनेको नेउपानेको आरोप छ ।

‘विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्दात्मक भौतिकवादी दर्शनको धारबाट अलगथलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नै नगरी मार्क्सवादका दुइचार शब्दहरु अगाडि सारेर अवस्तुवादी आत्मगत चिन्तनमा आधारित शास्त्रीय आख्यान पिलाउदै हिड्नु भनेको आफूलाई पिंध नभएको बाल्टीमा परिणत गर्नु हो,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्