Logo

नेकपा (एस) को नेता बन्नुभन्दा नागरिक भएर बस्नु उचित– मुकुन्द नेउपाने



काठमाडौं, २५ चैत्र । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । उनी आजदेखि नेकपा (एस) को साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएका हुन् ।

आफूले केन्द्रीय कमिटीमा राखेको फरक मतमा कुनै छलफल नभएको उनको गुनासो छ । नेकपा (एस) कम्युनिष्टको विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप नचलेको उनको आरोप छ । उक्त पार्टीमा बस्नुभन्दा देशको असल नागरिक भएर बस्नु उचित ठानेर पार्टीबाट अलगिएको नेउपानेले उल्लेख गरेका छन् ।

‘म जस्तो विगत ५४ वर्षको राजनितिक जीवनमा यात्रा गरेको कम्यूनिष्ट कार्यकर्ता विधि, प्रक्रीया र सांगठनिक ढाँचा अनुरुप पार्टी को सदस्य भएर बस्नु भन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९१७ मा भनेका वाक्य स्मरण गर्दै भविष्य नभएको पार्टीको नेता हुन भन्दा सम्मानित नागरीक भएर जिउनु जीवनको लागि महत्वपुर्ण कुरा हो । म आजका मिति २०७९ साल चैत्र २५ गतेका दिन देखि यस पार्टिको साधारण सदस्य समेत तथा सम्पुर्ण पार्टि जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्