Logo

मुकुन्द नेउपाने एमालेमा फर्किने निश्चित, भन्छन्– ‘सूर्य कम्युनिष्टहरुको ब्राण्ड भयो’



काठमाडौं, २५ चैत्र । नेकपा (एकीकृत समाजवादी) परित्याग गरेका मुकुन्द नेउपाने नेकपा (एमाले) मा फर्किने भएका छन् । आज पत्रकार सम्मेलन गरी उनले पार्टीको साधरण सदस्यसमेत नरहने गरी नेकपा (एस) परित्याग गरेका हुन् ।
नेकपा (एस) परित्याग गरेसँगै उनी एमालेमा फर्किने तयारीमा छन् । आफूमात्रै नभएर नेकपा (एस) बाट धेरै नेताहरु एमालेमा फर्कने तयारीमा रहेको उनले बताए ।

‘म मात्रै होइन, धेरै साथीहरु एमालेमा फर्किन्छन् । किन फकिन्छन् भने अब आउने निर्वाचनसम्म त्यो पार्टी (नेकपा एकीकृत समाजवादी) को हैसियत अगाडि जाँदैन,’– उनले भने ।

नेकपा (एस) मा रहेका १० जना सांसदमध्ये सबैलाई मन्त्रीको पालो पुर्याउने सहमति भएकोसमेत उनले खुलासा गरेका छन् । प्रत्येक सांसदलाई नौ नौ महिना मन्त्री बनाउने वचन दिएर माधव नेपालले पार्टीमा टिकाइराखेको नेउपानेको आरोप छ । ‘अहिले म सुन्दैछु नौ नौ महिनाको भाग लगाएर छुट्याएको छ रे मन्त्री खान । १० जना छन्, भाग पर्खिएर बसेका छन्,’– नेउपानेले भने ।

एमालेको सूर्य चुनाव चिन्ह कम्युनिष्टहरुको बाण्ड भएको उनको दाबी छ । एमालेको सूर्यलाई माओवादीलेसमेत कहिले पनि उछिन्न नसक्ने उनले बताए । ‘नेपालमा सूर्य कम्युनिष्टहरुको ब्राण्ड भयो । माओावादीले पनि सूर्यलाई उछिनेर जान सक्दैन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्