Logo

दाहाल, देउवा र ओलीबीचको भेटवार्ता, टिआरसी विधेक समितिमा पठाउनु पर्ने ओलीको अडान कायमै



काठमाडौं, २५ चैत्र । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली, र ओली र देउवाबीच संक्रमणकालीन न्याय सम्बन्धी संसद्मा पेश भएको विधेयकको सम्बन्धमा छलफल भएको थियो ।

उक्त विधेयकलाई फास्ट ट्रयाकमा लैजाने विषयमा छलफल भएको बताइएको छ । छलफलका क्रममा एमाले अध्यक्ष ओलीले विधेयक कुनै न कुनै समितिमा लैजानुपर्ने अडान लिएका छन् ।

छलफलपछि बाहिरिएका अध्यक्ष ओलीले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै विधेयक समितिमा पठाउन पर्ने अडान कायमै राखेको बताए । गत पुष १० गते बनेको सत्ता समीकरण टुटेपछि तीन शीर्ष नेताहरु पहिलो पटक संय्ुक्त छलफलमा जुटेका हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्