Logo

एमालेमा गुटबन्दी र पक्ष-विपक्ष छैन– ओली



काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले एमाले एकजुट रहेको बताएका हुन् ।

‘एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन् । स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस् । स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस्,’– अध्यक्ष ओलीले भने ।

उनले एमालेका जातीय सङ्गठनले जातीय वैमनश्यता नभई राष्ट्रिय एकताका लागि काम गर्नेसमेत बताए । एमालेका हरेक सङ्गठन गतिशील हुने भन्दै अनेमसङ्घले सक्षम महिला नेतृ उत्पादन गर्दै नेपालका महिला दिदी–बहिनीलाई सचेत र सशक्त बनाउनुपर्ने उनको भनाई थियो ।

अध्यक्ष ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भनेको आजको नेपालको जनताको बहुदलीय जनवाद रहेको भनाइ राखे । सामाजिक परिवर्तन गर्नका लागि पार्टीमात्र भएर पुग्दैन भनेर नै सामाजिक सङ्घसङ्गठनको रूपमा विभिन्न जनसङ्गठन स्थापना गरिएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot