काठमाडौं,२६ चैत । न्यायको माग गर्दै काठमाडौंमा आन्दोलनरत् मिटरब्याज पीडितहरुले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्व गर्दै आएका अवदेश कुशवाहको संयोजकत्वमा १८ सदस्यीय वार्ता टोली पीडितले बनाएका छन्।
वार्ता टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता नीर्ग नवीन छन्।
सरकारलेपनि शुक्रबार गृह मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो। सरकारको तर्फोबाट वार्ता टोलीमा कोइरालासहित गृहका उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी, प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन्।
यसैवीच सरकारले गठन गरेको सरकारी टोली र पीडित टिमबीच आजै छलफल गर्ने तयारी रहको छ ।