Logo

उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौं,२६ चैत । यही चैत २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनकोलागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

प्रकाशित कार्यतालिका अनुसार चैत २९ गते विहान ८ बजेदेखि वेलुका ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ तर निर्धारीत समयमा मतदान नसकिएमा समय थप गर्न सकिनेछ । त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित हुन कुल खसेको ५१ प्रतिशत मत अनिर्वाय हुने भएको कारण कुनैपनि उम्मेदवारले सो मत ल्याउन नसकेमा चैत ३० मा पुनः मतदान हुनेछ ।

मतदाताले मतदान स्थलमा मोवाइल,प्रज्वननशील पदार्थ,हातहतियार लगायत प्रतिवन्धित बस्तु लान पाउने छैनन् ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार आगामी चैत ३० बाट चन्द्र ढकाल स्वतःअध्यक्ष हुनेछन्,भने आगामी वरिष्ठ उपाध्यक्षको लागि उमेशलाल श्रेष्ठ,रामचन्द्र संघई र अञ्जन श्रेष्ठ भिड्दैछन् ।

प्रत्यक्ष रुपमा कुनैपनि उम्मेदवार राजनैतिक पार्टीसँग आवद्ध नभएतापनि अप्रत्यक्ष रुपमा उमेशलाललाई नेकपा एमाले,संघईलाई  नेपाली कांग्रेको एक टिम र अञ्जनलाई नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा अन्य साना दलहरुको समर्थन रहेको हुदाँ यसपटकको महासंघको निर्वाचन थप रोचक हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्