Logo

उद्योग वाणिज्य महासंघ निर्वाचन– वतुगततर्फका उपाध्यक्षका प्रत्यासी उम्मेदवार ढकालका यस्ता छन् एजेण्डाहरु



काठमाडौं, २६ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न महाधिवेशनमा वतुगततर्फका तर्फका उपाध्यक्षका प्रत्यासी उम्मेदवार हेमराज ढकालले आफ्नो प्यानले घोषणा गरेका छन् । आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट उम्मेदवारी दिएका ढकालले १४ जना सदस्यसहित प्यानल घोषणा गरेका हुन् ।

महासंघको वस्तुगत संघलाई बलियो बनाउनका लागि उनले सबै क्षेत्रलाई समेटेर प्यानल बनाएका छन् । कृषि, पर्यटन, उत्पादन, खाद्यन्न लगायतको सबै क्षेत्रलाई समेटेर उनले प्यानल बनाएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उद्योग वाणिज्य महासंघमा आफू एक दशकदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको र कोभिडको समयमा पनि आफूहरुले महत्वपूर्ण योगदान दिएको ढकालले बताए ।

नीजि क्षेत्रका लागि धेरै काम गरेको अनुभवका आधारमा साथीहरुले निर्वाचनमा उम्मेदवारीका लागि अनुरोध गरेको उनले बताए । उमेशलाल श्रेष्ठ निष्पक्ष र निडर भएकाले उनको समूहमा आफूपनि सहभागी भएको ढकालले बताए । महासंघ र नीजि क्षेत्रका लागि काम गर्नसक्ने पहिचान उमेशलाल श्रेष्ठमा रहेको उनले बताए । महासंघमा निर्वाचन अघिमात्रै प्यानल र गुट उपगुट रहने र निर्वाचनपछि सबै एकैठाउँमा आउने उनले बताए । हालसम्म छ वटा प्रदेशमा रहेका महासंघका प्रमुखले सहयोग गर्ने वचन दिएको उनले बताए ।

आफूहरुको एजेण्डा उत्पादनमा जोड दिनु, साना तथा मझौला उद्योगहरुको विकास, विदेशबाट भित्रिएको रेमिट्यान्स रकम व्वयसायमा आवद्ध गराउन पहल गर्ने, व्याजदर नियन्त्रण, लगानीजन्य पुँजीको अभावलाई सम्बोधन र बैंक र व्यवसायीबीचमा रहेको दुरीलाई कम गराउन पहल गर्ने उनले बताए । अर्थतन्त्र सुधारका लागि आफूहरुले भर प्रयास गरिरहेको उनले बताए । अहिलेको नयाँ सरकारलाई अर्थतन्त्र सुधारका लागि ज्ञापनपत्रसमेत आफूहरुले बुझाएको उनले स्मरण गरे ।

 



प्रतिक्रिया दिनुहोस्