Logo

पूर्व मिस नेपाल श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर



काठमाडौं २६ चैत्र । मिस नेपाल वर्ल्ड २०१६ अस्मी श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन्।

शुक्रबार हात्तीसारस्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्। यस अघिकी ब्राण्ड एम्बेस्डर पूजा शर्माको कार्यकाल सकिएसँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्र्याएको हो।

सम्झौता कार्यक्रममा स्वागत मन्तव्य राख्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले उपस्थित सबैलाई धन्यवाद दिए। सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथि बन्दै आएको भन्दै उनले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए।

जिसीले राइटपाथको आगामी यात्रा उनीसँगको सहकार्यका कारण अझै सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै इक्यानका पूर्वअध्यक्ष विष्णुहरी पाण्डेले व्यक्तिगत र इक्यानका तर्फबाट शुभकामना दिए। आफूले दुई दशक अघि देखि यो क्षेत्रमा बसेर हेर्दा सही समयमा सही निर्णय गर्ने संस्थाका रूपमा राइटपाथलाई पाएको भन्दै उनले गुणस्तरीय सेवाका लागि संस्थाले जसरी आफूलाई स्थापित गरेको छ त्यो अझै कायम रहोस् भन्ने शुभकामना दिए।

ब्रान्ड एम्बेस्डर बनेपछि उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल अस्मी श्रेष्ठले राइटपाथले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिइन्। आफू मिस नेपाल बनिसकेपछि फेसन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनरसमेत भएको बताएकी उनले आफू पनि सहिमार्ग (राइटपाथ) मा हिँड्न खोजेको बेला संस्थासँग जोडिएको भनाई राखिन्।

कुनै ब्राण्डसँग जोडिनु अघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकतासहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आवद्ध भएको उल्लेख गरिन्। गुणस्तरीय परामर्श दिने कामलाई अझै अगाडि लाने र यो सहकार्यले थुप्रै माइलको यात्रा तय गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

राइटपाथका फाउन्डर सिइओ फिलिप डिसीले अस्मी श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरका रूपमा जोडिएकोमा धन्यवाद दिए। उनले आफ्ना मेहनती कर्मचारीहरू तथा सबै शुभचिन्तकहरूको साथका कारण संस्था यो स्थानमा आइपुगेको भन्दै निरन्तरको साथ सहयोगका लागि आभार प्रकट गरे।

गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा लिएर स्थापना भएको र आजसम्म नारा अनुसारकै काम गर्दै आएको उनको दाबी थियो। श्रेष्ठसँगको सहकार्यले आगामी एक वर्षभित्र विभिन्न गतिविधिहरू हुने र त्यसले विद्यार्थीलाई फाइदा पुग्ने विश्वास आफूले लिएको उनको भनाइ थियो।

पुतलीसडक काठमाडौँमा प्रधान कार्यालय रहेको राइटपाथ करियर काउन्सिलिङको ९ वटा शाखा कार्यालय रहेका छन्। राइटपाथ विश्वका विभिन्न मुलुक अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको भरपर्दो परामर्श दाता संस्था हो।



प्रतिक्रिया दिनुहोस्