Logo

बालेनको सिंहदरबारसँग एक्सन, उठ्न छाड्यो फोहोर



काठमाडौं, २६ चैत्र । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन छाडेको छ । आज (आइतबार) कार्यलय समय अघिनै उठ्नुपर्ने सिंहदरबारको फोहोर अहिलेसम्म उठेको छैन ।

नगरप्रमुख बालेन्द्र शाहले हिजो (शनिबार) सामाजिक सञ्जालमार्फत् सिंहदरबारको फोहोर महानगरले नउठाउने घोषणा गरेका थिए । ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,’– मेयर शाहले सामाजिक सञ्जालमा लेखेका थिए ।



प्रतिक्रिया दिनुहोस्