Logo

राष्ट्रवादी शक्तिलाई दानवत्वकरण गर्ने प्रयास गरिएको भन्दै नेता बस्नेतको असन्तुष्टि



काठमाडौं २६ चैत्र । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतले राष्ट्रवादी शक्तिलाई दानवत्वकरण गर्ने प्रयास गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

युवा संघको नवौँ राष्ट्रिय महाधिवेशनको पूर्वसंन्ध्यामा नेपालगन्जमा रहेका नेता बस्नेतले राष्ट्रवादी शक्तिलाई अहिले दानवत्वकरण गर्ने प्रयास गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले भने, ‘कतिपय राष्ट्रवादी शक्ति छन्, तिनीहरूलाई दानवत्व करण गरिने, दारा नङ्गा हालिदिने, त्यो दानवत्वकरण गरिएका शक्तिमा हामीपनि पर्छौँ, एकथरी निश्चित मानिसलाई देवत्वकरण गरिने, दानवका रूप भएका मानिसलाई देवत्वकरण गरिने प्रयास हो।’

यस्तै, उनले देशमा अहिले अनेका खालका नौटङ्कीहरुको देखिएको भन्दै तीनीहरुको समाधान युवाहरुले गर्नुपर्ने औँल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्