काठमाडौं,२६ चैत । पुस ११ मा नियुक्त अर्थमन्त्री बिष्णु पौडेललाई पत्याएका लगानीकर्ताले गत चैत १७ गते अर्थमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई भने नपत्याउने देखिएको छ ।
उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेकोे दिनदेखी लगातार घटिरहेको शेयर बजारमा आजपनि दोहोरो अंकको गिरावट आएको छ । आज शेयर बजार परिसुचांक नेप्सेमा २८.३१ अंकले गिरावट आउँदै नेप्से १८३८.४८ बिन्दुमा झरेको छ । आज ३८ लाख ३० हजार कित्ता बराबरको कुल एक अर्ब १५ करोड ९४ लाख ४८ हजार चार सय ११ बराबरको कारोवार भएको छ ।
सबै समुहको कारोबार रकम घटेको दिन आज सेन्सेटिभ इन्डेक्स पनि १.२० प्रतिशतले घटेर ३४८.७९ को विन्दुमा कायम भएको छ । १३ वटै उपसमूहको समूहगत परिसूचक ओरालो लागेको छ । जीवन बिमा समूहको समूहगत सूचक सर्वाधिक १.९२ प्रतिशतले घटेको छ ।