Logo

मिटरब्याज पीडितहरुको आन्दोलन थप सशक्त (फोटोफिचर)



काठमाडौं, २६ चैत्र । मिटरब्याज पीडितहरुले आन्दोलनलाई थप सशक्त बनाएका छन् । सरकारले उनीहरुलाई वार्ताको लागि बोलाएपनि वार्ता हुन सकिरहेको छैन ।

मिटरब्याज पीडितको एउटा समूहसँग वार्ता गरेको हप्ता दिन पनि नपुग्दै काठमाडौंमा मिटरब्याज पीडितको अर्को समूह आन्दोलनमा उत्रिएको थियो । विभिन्न जिल्लाका करिब छ सय भन्दा बढी पीडितहरु अहिले काठमाडौंमा आन्दोलनरत छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाएको छ । सबै खाल्का फर्जी लिखतहरुहरु खारेज हुनुपर्ने, अदालतमा रहेको मिटरब्याज पीडितका मुद्दाहरु स्थगित गर्नुपर्ने, किसानहरुलाई भूमिहीन बनाउने निर्णयहरुमा पुनरावलोकन हुनुपर्ने र फर्जी कागजातको आधारमा जेलमा रहेका मिटरब्याज पीडितलाई ससम्मान रिहाई गर्नुपर्ने माग उनीहरुले राख्दै आएका छन् ।

Photo By: Mukunda Kalikote/Reporters Nepal 

 

 

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्