Logo

एमाले अध्यक्ष ओलीको दावी:एमालेको सरकार नभएसम्म देशले गति लिदैन



काठमाडौं,२६ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले नेकपा एमालेको सरकार नबनेसम्म देशले गति लिन नसक्ने बताएका छन् ।

आज धादिङको रुवी भ्यालीमा आयोजित एमालेको मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार आएपछि देशले आर्थीक रुपमा गति लिने बताए ।

ओलीले भने ‘तसर्थ एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन’,। उनले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताए । उनले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्