Logo

बागमतीमा मन्त्रिपरिषद् विस्तार– बहादुरसिंह तामाङको नेतृत्वमा कांग्रेस सरकारमा



काठमाडौं, २६ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जम्कट्टेलले गत चैत्र १२ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

बागमतीमा कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । कांग्रेसले छ वटा मन्त्रालयमा दाबी गर्दा गठबन्धनका दलबीच भागबण्डा मिलाउन सकस भएको थियो । आज हुने मन्त्रिपरिषद् विस्तारमा भने कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह तमाङ र तीर्थ लामा मन्त्री बन्दैछन् । तमाङलाई अर्थ र लामालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्