Logo

‘ढाकाकुमार श्रेष्ठको राजनैतिक भविष्यलक्षित षडयन्त्र गरियो’



काठमाडौं, २७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले पैसाको डिल भएको अडियो आफ्नो नभएको बताएका छन् । हिजो (आइतबार) कपुरबोट मिडियाले डा. श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच दुई लाखद बार्गेनिङ भएको अडियो सार्वजनिक गरेको थियो । सोही अडियोका बारेमा प्रष्ट पार्न श्रेष्ठको सचिवालयले विज्ञप्ति जारी गरेको छ ।

‘ढाका कुमार श्रेष्ठ र अर्को एक जना व्यत्तिबीच फोन संवाद गरेको र सो संवादमा बोलेका अभिब्यक्तिहरु मा डा ढाका कुमार श्रेष्ठ नभएको र सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा डा ढाका कुमार श्रेष्ठ को राजनैतिक भविष्यलक्षित गरि गरिएको षडयन्त्र हो,’– श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउन केही समूहहरु हात धोएर लागेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रेष्ठको उक्त भ्वाईस राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कडा भन्दा कडा कारबाहीको प्रकृयामा अगाडि बढाउनेसमेत बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्