Logo

दुर्गा प्रसाईँलाई जेल हाल्नुपर्छ– वामदेव गौतम



काठमाडौं, २७ चैत्र । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता वामदेव गौतमले दुर्गा प्रसाईँलाई अराजकताको संज्ञा दिएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईँलाई राज्यले समातेर थुन्नु पर्ने बताएका हुन् । राज्य दुर्गा प्रसाईँजस्ता व्यक्तिहरुसँग डराएर उनको अराजकतामा पनि केही गर्न नसकेको गौतमको आरोप छ ।

‘राज्य राज्यजस्तो भयो भने दुर्गा प्रसाईँजस्तो अराजक व्यक्तिलाई पक्रेर ल्याएर थुन्नुपर्छ । अराजकता सिर्जना गर्न पाइन्छ ? राज्य छैन, डराइराख्या छ । केही गर्न सक्दैन । राज्य शक्ति हो, त्यो प्रयोग गर्नुपर्छ,’– उनले भने । File photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot