Logo

सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक



काठमाडौं,२७ चैत । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

गत ४ मंसिरमा सम्पन्न चुनावपछि पहिलो पटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

बैठक केहीबेरमा सुरु हुनेछ । बैठकमा संसदीय समिति गठन, संयुक्त समिति गठनका लागि नियमावली संशोधन र संसदमा विचाराधीन विधेयकहरु अगाडि बढाउने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिमा सभामुख,उपसभामुख,संघीय सरकारका कानुनमन्त्री र अन्य २० सांसद् रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्