Logo

अनेमसंघको अध्यक्षमा हमाल चयन



काठमाडौं,२७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट महिला भातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन भएकी छन् ।
चैत २५ बाट सुरु भएको सम्मेलनले हमालको नेतृत्वमा नँया कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा बिसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन् ।
महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिको नयाँ नेतृत्वमा आएका छन् भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्