Logo

पूर्व परराष्ट्रमन्त्री पौडेल अनेमसंघको उपाध्यक्ष चयन



काठमाडौं,२७ चैत । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित सदस्य एवं पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेल नेकपा एमाले निकट महिलाहरुको भातृ संगठन अखिल नेपाल महिला संघको उपाध्यक्ष चयन भएकी छन् ।

चैत २५ बाट सुरु भएको अनेमसंघको सम्मेलनमा टुका हमालको नेतृत्वमा नँया कार्यसमिति चयन हुँदा पौडेल उपाध्यक्षमा चयन भएकी हुन् ।
राष्ट्रिय सभा सदस्यसमेत रहेकी पौडेल २०७९ माघ ३ देखि फागुन १५ सम्म नेपालको तेस्रो महिला परराष्ट्रमन्त्री बनेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्