Logo

रवि लामिछानेले २५ लाख रुपैयाँ मागेको दुर्गा प्रसाईँको आरोप



काठमाडौं, २७ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूसँग २५ लाख रुपैयाँ मागेको अरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेले न्युज ट्वान्टी फोरमा सिधा कुरा चलाउँदा पैसा मागेको आरोप लगाएका हुन् ।

‘मसँग पहिला २५ लाख रुपैयाँ मागेको । न्युज ट्वान्टी फोरमा सिधा कुरा चलाउँदा । उहाँहरुको पैसा माग्ने टिम नै छ । उहाँले पैसा माग्ने मान्छे राखेको छ,’– उनले भने ।

रास्वपामा ढाकाकुमार श्रेष्ठमात्रै दोषी नभएको उनको दाबी छ । ढाकाकुमार श्रेष्ठले भनेको कोर टिम सबै दोषी भएको उनले बताए । ढाकाकुमार श्रेष्ठको आशय भन्दा पनि रास्वपाको आशय गलत भएको उनले बताए । नैतिकताको आधारमा रवि लामिछानेले चुनाव उठ्न नहुने उनको दाबी छ ।

‘ढाकाकुमार श्रेष्ठलाई पैसा माग्न लगाउने मान्छे को हो ? पार्टीको कोर टिम भन्नुहुन्छ उहाँले । कोर टिम भनेको हो ? उहाँहरुको अध्यक्ष र फस्ट लेडी नै हुन्छन् । सबै पार्टीको त्यही छ, राखनधरण श्रीमतीहरुले गरेका छन् । ढाकाकुमार श्रेष्ठ त पात्रमात्रै हो । के के गर्छु भनेर आएको यो पार्टी पनि त्यस्तै भएको त देखियो नि,’– उनले भने ।

राजनीतिमा उदायका सबैले जनतालाई ढाँटेको उनको दाबी छ । अब जनता ढाँटिन हुँदैन भनेर आफूले यो अडियो बाहिर ल्याएको उनले बताए । आफूले अडियो समयमै बाहिर ल्याएको उनको दाबी छ ।

‘मैले समयमा नै अडियो बाहिर ल्याएको हो । यो भन्दा अगाडि ल्याएर पनि काम थिएन । पछाडि ल्याएर पनि काम थिएन् । आजै अवस्यकता थियो, मैले आवश्यकतामा ल्याएको हो । अब आम जनताले हामी के मा भोट हाल्दैछौं भन्ने बुझ्नुपर्यो ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्