Logo

एमालेले लियो कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौं,२७ चैत । नेकपा  माओवादी केन्द्रका नेता राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थनपनि फिर्ता लिएको छ ।

नेकपा एमाले प्रदेश संसदीय दलको बैठकदे प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो ।

१० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । यस्तै १७ चैत्रमा दोस्रोपटक पनि विश्वासको मत दिएको एमालेले समर्थन फिर्ता लिएको हो ।

एमालेले समर्थन फिर्ता लिने लिएपछि मुख्यमन्त्री शर्माले नेपालको संविधानको धारा १६८ बमोजिम ३० दिन भित्र पुनः तेस्रोपटक विश्रासको मत लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्