Logo

रास्वपालक्षित एमाले सांसद्को टिप्पणी:स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ



काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित सांसद डा.ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईवीच भएको घुस प्रकरणको अडियो सार्वजनिक भएको विषयले संसद्मा विशेष रुपमा चर्चा पाएको छ ।

संसद्को आजको(सोमवार) बैठकमा बोल्दै नेकपा एमालेका सांसद् ऋषिकेश पोखरेलले स्वास्थ्यमन्त्रीकोे भाउ दुई करोड रहेछ।अन्य मालदार मन्त्रालयको भाउ कति होला भन्दै ब्यंग्य गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्वित सांसद डा.ढाकाकुमार श्रेष्ठको हिजो बाहिरिएको विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई सँग भएको घुस प्रकरणबारे तत्काल छानविन गर्न माग गरेका छन् ।उनले गएको दुई वर्ष गठवन्धनको नाममा देश बर्वाद भएको उल्लेख गर्दै यो अवधिमा देशको अर्थतन्त्र धरासायी भएको बताए ।



प्रतिक्रिया दिनुहोस्