Logo

एमालेलाई झट्का नरेश खरेलले त्यागे पार्टी



काठमाडौं,२७ चैत । नेकपा एमालेका पुराना नेता नरेश खरेलले एमाले परित्यागको घोषणा गरेको छ ।

सौराहामा भएको एमालेको १०औ महाधिवेशबाट पार्टीमा असन्तुष्ट रहेका नेता खरेलले सोमवार विज्ञप्ति जारी गर्दै पार्टी त्यागेका हुन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका खरेल पञ्चायत कालमा २०३० ( ४६ (१७ वर्ष)सम्म जेल परेका थिए ।

एमालेले दक्षिणपन्थी र यथास्थितिवादी शक्तिसँग साँठगाँठ गरेकाले आफुले पार्टी छोड्नु परेको खरेलले बताए ।
एमालेको १०औ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खरेल पराजित भएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot