
काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा कोरोना संक्रमित भएका छन्।
शर्माले सोमबार फेसबकुमा तेस्रो पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन्।
फेसबकुमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित। पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि कोभिड त कोभिड नै रहेछ।’