Logo

रास्वपालक्षित कमल थापाको व्यङ्ग, ‘कम्बल ओढेर घ्यू खानेहरु झाडीभित्र लुकेका गोमन सर्प’



काठमाडौं, २७ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लक्षित व्यङ्ग गरेका छन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले फेसबुकमा एक स्टाट्स लेख्दै रास्वपालक्षित व्यङ्ग गरेका हुन्।

उनले भ्रष्टाचारको चर्को विरोध गर्दै देश लुट्नेहरु झाडी भित्र लुकेका गोमन सर्प हुन् भन्दै व्यङ्ग गरेका छन्

उनले लेखेका छन्, ‘अहिले राजनीतिक बजारमा मन्त्री पदको लागी दुई करोड बुझाउनु पर्ने विषय चर्चा छ। वास्तवमा भ्रष्टाचारको चर्को विरोधगर्ने अनि आफै भ्रष्टाचारमा चुर्लुम्म डुब्नेहरुको अहिले विगविगी छ। यो पहिलो काण्ड होईन। सरकार फेर्न बिदेशीसँग ५० करोड माग्नेदेखि काम मिलाईदिए वापत करोडौं घुस वार्गेनिंग गर्नेहरु साईवर स्यालको सहयोग र राजनीतिक संरक्षणमा चुनाव जित्छन् र ठुलो नेतामा गनिने गर्छन्। भ्रष्टाचारी त अपराधी हुन्, त्यसमा कुनै विवाद नै भएन। तर कम्बल ओढेर घ्यु खाने अर्थात भ्रष्टाचारको चर्को विरोध गर्दै देश लुट्नेहरु झाडी भित्र लुकेका गोमन सर्प हुन्। यिनीहरु खतरनाक हुन्छन्।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot