Logo

सरकार र मिटरब्याज पीडितको दोस्रो टोलीबीच आजपनि वार्ता



काठमाडौं, २८ चैत्र । सरकारका प्रतिनिधि र मिटरब्याज पीडितबीच आजपनि वार्ता हुने भएको छ । वार्ताका लागि आज (मंगलबार) साढे ११ बजे बोलाइएको छ ।

सरकार र पीडित समूहबीच निरन्तर दुई दिनदेखि वार्ता भइरहे पनि निष्कर्षमा पुग्न सकिएको छैन । पहिलो र दोस्रो चरणको वार्तामा सहमति हुन नसकेपछि आज पुनः वार्ताको तयारी गरिएको हो ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतका माग मिटरब्याज पीडितहरुको रहेको छ ।

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् । File Photo/ Reporters Nepal 

 

 

 



प्रतिक्रिया दिनुहोस्