Logo

उपेन्द्र यादव चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ– पूर्ण बस्नेत



काठमाडौं, २८ चैत्र । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन क्षेत्रका प्रत्येक टोलमा टोल कमिटी गठन र परिचालन भइरहेको जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बिहानदेखि रातिसम्म हुने घरदैलो, अन्तरक्रिया र चुनावी सभामा उपेन्द्रका सक्रियता निकै रहेको बस्नेत बताउँछन् । बस्नेतका अनुसार अहिले आफू उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि गर्ने कार्यहरुको सूची तयार पार्ने र जनताले व्यक्त गरेका गुनासो, हरेक पालिका, वडा र टोलको आवश्यकता र जनताहरुको माग सुन्नमा उनी व्यवस्त छन् । मधेश र मधेशी जनताको अधिकारका लागि आफूले आजसम्म गरेका कार्यहरुबारे यादवले मतदातालाई बताइरहेका छन् ।

चुनावी घरदैलोको दौरानमा जनताहरुले व्यक्त गरेको आश्वासन र भरोसाका कारण यादव चुनाव जित्नेमा विश्वस्त देखिएका बस्नेतले बताए ।
यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot