Logo

गभर्नरले बोलाए पत्रकार सम्मेलन



काठमाडौं,चैत २ड । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् ।पत्रकार सम्मेलन आज(मंगलवार) दिउँसो १ बजे हुने भएको छ ।

देशमा तिब्र रुपमा आर्थिक संकट सिर्जना हुँदै गएपछि, आर्थिक गतिविधी सुस्ताउदै गएपछि केन्द्रीय बैंकको तर्फबाट धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको बताईएको छ ।

तिब्ररुपमा बढेको ब्याजदरको विरोधमा सर्वसाधरण देखि ब्यापारीसम्मले सडक संघर्ष सुरु गरेपछि राष्ट्रबैंकले विशेष पत्रकार सम्मेलन गर्न लागेको हो ।
गभर्नर अधिकारीमाथी अर्थमन्त्रीसँग ट्युनिङ मिलाउन नसकेपछि अर्थतन्त्रमा गम्भिर संकट सिर्जना गराएको आरोप लाग्दै आएको छ ।

गभर्नरको आजको विशेष भनिएको पत्रकार सम्मेलनमा ८ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक हुनेछ । ‘मुलुकको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा’ विषयक पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको माइक्रो इकोनोमी, वित्तीय रिपोर्ट सार्वजनिक गर्ने र फोरममा उठेका प्रश्नमा गभर्नर अधिकारीले जवाफ दिने कार्यक्रम रहेको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot