Logo

बालेनको कडा एक्सन : मंगलबार पनि उठेन सिहंदरबारको फोहोर



काठमाडौं,२८ चैत । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को ठाडो निर्देशनमा तीन दिनदेखि रोकिरहेको सिंहदरबार,शीतल निवास,प्रधानमन्त्री निवास र मन्त्रिनिवासको फोहोर संकलन कार्य लगातार तेस्रो दिनपनि अवरुद्ध रहेको छ ।

तीन दिनदेखि फोहोर उठ्न नसक्दा मुख्य प्रशासनिक निकाय सिंहदरबार र मन्त्रीनिवासमा फोहोरको डंगुर लागेको छ ।

वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका थिए । मेयर साहले फोहोर व्यवस्थापन गरिरहेका निजी क्षेत्रका कर्मचारीलाई शनिबार ती क्षेत्रबाट फोहोर नउठाउन निर्देशन दिएका थिए ।

मेयरको निर्देशनअनुसार कामपा फोहोर व्यवस्थापन विभागले फोहोर संकलन गर्ने संस्थाका पदाधिकारीलाई आइतबारबाट राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास वालुवाटार, सिंहदरबार र पुल्चोकस्थित मन्त्री निवासको फोहोर नउठाउन निर्देशन दिएको थियो । केही दिन अघिदेखि नदी किनारबाट सुकुम्बासी बस्ती हटाउन पहल जारी राखेका मेयर साहलाई सरकारले असहयोग गरेको भन्दै मेयरले फोहोर ढुवानीमा रोक लगाएका हुन् ।

हिजो उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग छलफल गरेका शाहले सरकारसँगको छलफलमा सहमती नभएपछि आजपनि फोहोर उठाउने निर्देशन नदिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot