काठमाडौं, २८ चैत्र । दोहरी गायिका बबिता बानियाँ ‘जेरी’ उनका पूर्वश्रीमान् शंकर क्षेत्री एक साथ देखिएका छन्।
केही महिना अगाडिमात्रै अदालतमा डिभोर्सगरी छुट्टिएका जेरी र शंकरले लामो समयको प्रेमपछि विवाह गरेका थिए।
डिभोर्सपछि छुट्टिएका जेरी र शंकर फेरि सँगै देखिएका छन्।
जेरीको बजारमा आउन लागेको ‘तिमी रहरै रहरमा टाढियौ, म बाध्यताले छुटेँ’नामक गीतमा उनीहरुसँगै देखिन लागेका हुन्।
सो गीतको म्युजीक भिडियोमा जेरी र शंकरको अभिनय रहेको गायिका जेरीले बताएकी छिन्।
म्युजिक भिडियोको छायाँकनका क्रममा पुन: सँगै देखिदाँ दर्शकहरुले फेरि जेरी र शंकर एक हुन सक्ने आँकलन गरेका छन्।