Logo

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एमालेमा प्रवेश



काठमाडौं, २८ चैत्र । नेकपा (एकीकृत समाजवादी) का रसुवा जिल्ला अध्यक्ष नेकपा (एमाले) मा प्रवेश गरेका छन् । रसुवाका पुराना वामपन्थी नेता मानिने विष्णु देवकोटा पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

एकीकृत समाजवादीभित्रको आन्तरिक द्वन्द्वका कारण नेताहरुले पार्टी छाड्ने लहर चलिरहेको छ । केही दिनअघि मुकुन्द नेउपाने, केदार न्यौपाने र चुडामणि जंगलीलेसमेत पार्टी परित्याग गरेका थिए । पार्टीभित्रको ठूलो समूह असन्तुष्ट रहेको छ । प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समिती ठाकुर पौडेल पनि एमालेमै फर्किएका छन् । Photo By: T.P. Timalsina 



प्रतिक्रिया दिनुहोस्