Logo

युवा नेपाल समितिद्वारा आयोजित सात दिने योगा अभ्यास कार्यक्रम सम्पन्न (फोटोफिचर)



काठमाडौं, २८ चैत्र । युवा नेपाल समितिद्वारा आयोजित सात दिने योगा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको मन्डिखाटारस्थित गत चैत्र २२ गतेदेखि सञ्चालन गरिएको योगा अभ्यास कार्यक्रम आज सम्पन्न भएको हो । योगा अभ्यास कार्यक्रममा योगाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

योगाले मन र शरीरबीचको सन्तुलन मिलाउने काम गर्दछ । साथैं, सकारात्मक सोचको विकास, आत्मविश्वासको विकास, रोगप्रतिरोधात्मक क्षमताको विकार र शरीरमा रहेका खराब विकारहरुको नियन्त्रण र निस्कासनका लागि योगाभ्यास गरिन्छ । योगाले मानिसमा सकारात्मक सोचको विकास र सिर्जनात्मक बनाउन सहयोग पुर्याउँछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot