Logo

खुमलटारविरुद्ध मछिन्द्रको शानदार जित



काठमाडौं,२८ चैत । शहिद स्मारक ए डिभिजन लिग फुटवलमा मछिन्द्र एफसीले खुमलटारविरुद्ध शानदार जित हाँसिल गरेको छ ।
आज भएको खेलमा खुमलटारलाई ७। ३ गोल अन्तरले हराँउदै मछिन्द्रले खेलमा उत्कृष्ट पुनरागमन गरेको छ ।
मछिन्द्रका लागि अफिज ओलावाले एक्लै ५ गोल गरे। खेलको २४, २८, ५५ ,६२ र ६७औँ मिनेटमा गोल गर्दै पाँच गोल पुरा गरेका छन् ।
ओलावाले यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
विमल घर्तीमगरले पहिलो हाफको इन्ज्युरी समय र विजय भुजेलले ८६ औँ मिनेटमा गोल गर्दै टिमलाई शानदार जित दिलाए ।
खुमलटारका लागि मेसुके ओलुमोउले खेलको ६० र ८१ औं मिनेटमा गोल गरे। स्टेफन समिरले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमा गोल गरे।

जितसँगै मछिन्द्र ८ खेलबाट १२ अंक जोडेर छैटौँ स्थानमा छ। खुमलटार सात अंकमा दशौं स्थानमा यथावत छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot