Logo

रास्वपाले लियो ढाकाकुमार श्रेष्ठसँग बयान



काठमाडौं,२८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्वित सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिएको छ ।

पार्टीको अनुशासन कमिटिले आज उनिसँग बयान लिएको हो ।
बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ आफ्नो नभएको दाबी गरेका छन्।

पार्टीमा स्वास्थ्यमन्त्री बन्न लागेको त्यस्कोलागि साँढे दुई करोड रुपैँया पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग गरेको रकम लेनदेनको अडियो बाहिरिएपछि उनलाई २४ घन्टे स्पष्टीकरण माग गर्दै तत्कालको लागि उनको सांसद् पद निलम्वन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot