Logo

रास्वपाको अनुशासन समितिले सक्यो ढाकाकुमार श्रेष्ठसँगको छानविन,पार्टीलाई आजै प्रतिवेदन बुझाउने



काठमाडौं,२८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन समितिले निलम्वित सांसद ढाकाकुमार श्रेष्ठसँगको छानविन सकेको छ । छानविन अन्तर्गत आज उनिसँग बयान लिएको थियो ।

बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ आफ्नो नभएको दाबी गरेका छन्।

तर उच्च स्रोतका अनुसार अनुशासन समितिले उक्त अडियो सांसद् श्रेष्ठकै रहेको ठहर गरेको छ ।
छानविन सकिएसँगै समितिले प्रतिवेदन आजै पार्टीलाई बुझाउने तयारी गरेको छ ।

पार्टीमा स्वास्थ्यमन्त्री बन्न लागेको त्यस्कोलागि साँढे दुई करोड रुपैँया पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम लेनदेनको अडियो बाहिरिएपछि उनलाई २४ घन्टे स्पष्टीकरण माग गर्दै तत्कालकोलागि उनको सांसद् पद निलम्वन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot