Logo

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणि समिति सदस्यमा युवा उद्यमी मनोज पौडेलको उम्मेदवारी



काठमाडौं, २८ चैत्र । नयाँ नेतृत्व चयनका लागि चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि हरेक दिन जसो नयाँ उम्मेदवारी घोषणा भइरहेका छन्।

यस क्रममा युवा उद्यमी तथा अर्थशास्त्री मनोज पौडेलले कार्यकारिणि समिति सदस्यको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

लन्डन स्कुल अफ इकोनोमिक्स एम एस्सी गरेका पौडेलले देशभरीका व्यवसायको पक्षमा काम गर्ने उद्देश्यसहित कार्यकारिणि समिति सदस्यको घोषणा गरेको बताएका छन्।

उनले पहुँचयोग्य लगानी, सबैको सशक्तिकरण, स्मार्ट समाधान र टीमवर्कको लागि काम गर्ने उनले बताए। सबैको सहकार्यबाट नै अहिलेको अर्थतन्त्रको चुनौती समाधान गरी नेपाली उद्यम र उद्यमीका लागि जीवन्त र समृद्ध भविष्य निर्माण गर्न सक्ने उनी बताउँछन्।

पौडेलसँग प्राइम कमर्सियल बैंकको संचालक, काठमाडौं टेक्निकल स्कुलको सह-संस्थापक, इन्स्टिच्युट फर गभर्मेन्ट एन्ड पब्लिक अफेयर्सका सह-संस्थापक, आध्यान्त फण्ड म्यानेजमेन्टका संस्थापकदेखि लिएर विकास साझेदारहरूका लागि अर्थशास्त्रीको रुपमा काम गरेको अनुभव छ।

उनले भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार, स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोगदेखि लिएर डेटामा आधारित समाधानहरूको विकासको लागि काम गर्ने बताएका छन्।

यस्तो छ पौडेलको योजना :

पहुँचयोग्य र सुलभ लगानी–विकासका लागि नयाँ अवसर

–भेन्चर क्यापिटल र प्राइभेट इक्विटी जस्ता विविध वित्तीय विकल्पहरूमा पहुँच विस्तार।
–न्यायपूर्ण वित्तिय र बैन्किङ अभ्यासहरूको पक्षमा काम।
–सार्वजनिक निजि साझेदारीको माध्यम बाट नवीन र दिगो अवसरहरू सिर्जना।
–अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले स्थापना गरेको एफडीआई हेल्पडेस्कको प्रभावकारी सन्चालन।

सबैको सशक्तिकरण–ठूलो होस् वा सानो

–स्टार्टअपदेखि स्थापित व्यवसायहरूसम्म सबै व्यवसायहरूको वृद्धीको लागि सहयोग।
–युवा उद्यमीहरूलाई स्टार्टअप(अनुकूल नीतिहरू र सोहि अनुरूपको साथ ।
–नेपालमा जो कोहिले व्यवसाय गर्ने प्रक्रियालाई सहज र सरल बनाउन मेहेनत।
–प्रत्येक प्रदेशमा व्यवसाय सहायता, विकास र वृद्धी केन्द्रहरूको स्थापना ।

स्मार्ट समाधान–समस्या समाधान गर्न डेटामा आधारित निर्णय

–प्रमाणमा आधारित नीतिहरूको लागि वकालत गर्न सार्वजनिक नीति विशेषज्ञताको उपयोग।
–व्यवसायीको पक्षमा सूचित निर्णय लिनको लागि अनुसन्धानको साथ।
–चुनौतीहरू पहिचान गरी डेटामा आधारित समाधानहरूको विकास।
–उद्योगहरूले सामना गर्नुपरेका समस्याहरू समाधान गर्न सरकारी निकायहरूसँग सहकार्य।

टीमवर्क–सहकार्यमा शक्ति

–व्यवसाय गर्नका लागि सहयोगी वातावरण सिर्जना गर्न सरोकारवाला, व्यवसाय, बैंक, सरकार, विकास साझेदार सबैलाई एकजुट बनाउने माहोल सिर्जना।
–महासंघ र यसका सदस्यहरूबीच कम्युनिकेशनमा सुधारी आवाज सुन्ने र अप्ठ्याराहरु समाधान।
–महासंघको मिसनलाई अघिबढाउन महासंघका अध्यक्ष तथा निर्वाचित पदाधिकारीहरुलाई पूर्ण सहयोग।



प्रतिक्रिया दिनुहोस्