Logo

वाग्मतीमा हामीले सफाई अभियान चलायौं, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौं : मन्त्री गुरुङ



काठमाडौं, २८ चैत्र । सहरी विकासमन्त्री सीता गुरुङले वाग्मतीमा हामीले सफाई अभियान चलाएको तर फोहोर फ्याँक्ने चलनलाई नरोकेको बताएकी छिन्।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको २९ औँ वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री गुरुङले वाग्मतीमा हामीले सफाई अभियान चलाएको तर फोहोर फ्याँक्ने चलनलाई नरोकेको बताएकी हुन्।

उनले भनिन्, ‘हामीले वाग्मती सफाई गर्न, स्वच्छ पार्न अभियान थालेको २८ वर्ष बितिसक्यो, वर्षौंदेखि हामी हरेक साता वाग्मतीबाट फोहोरको डंगुर झिकेर फ्याँकिरहेका छौं, तर अझै सफा भइरहेको छैन। हामीले सधैं काम गर्ने, सरकारले लगानी गर्ने, तर परिणाम नआउने हुनुहुँदैन। वाग्मतीमा हामीले सफाई अभियान चलायौं, तर फोहोर फ्याँक्ने चलनलाई रोकेनौं। त्यसैले सबैभन्दा पहिले हामीले मन र मस्तिष्कबाट सफाई गर्नुपर्ने हुन्छ। जथाभावी फोहोर गर्न, फ्याल्न डराउनुपर्छ।’



प्रतिक्रिया दिनुहोस्