Logo

ढाकाकुमार श्रेष्ठको सांसद पदको छिनोफानो आज



काठमाडौं,२९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्वित सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पदको आज छिनोफानो हुने भएको छ ।
सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियो सम्बन्धी प्रतिवेदन मङ्गलवार सभापति रवि लामिछानेलाई बुझाएपछि बैठक बस्न लागेको हो

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम लेनदेन गरेको अडियो सार्वजनिक भएपछि उनि निलम्वनमा छन् ।
यदि उनको सांसद पद खारेज भएमा व्यवसायी मेघ आले उनको स्थानमा नयाँ सांसद बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot