Logo

‘कोर टिम’ को खुलासा गर्ने तयारीमा ढाकाकुमार



काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । पार्टीको अनुशासन समितिलाई दिएको वयानमा उनले आफूलाई अप्ठ्यारोमा एक्ल्याउने काम भएमा कोर टिमको खुलासा गर्ने चेतावनी दिएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग सांसद श्रेष्ठले दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा छन् । उनलाई पार्टीले निलम्बन गरेर छानविन गरिरहेको छ । रास्वपाका सभापति रवि लामिछानेले भने दोषी पाइएमा आजनै उनलाई कारबाही गर्ने तयारी रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्