Logo

ढाकाकुमारलाई ७२ घण्टाभित्रै कारबाही हुन्छ– सन्तोष परियार (भिडियोसहित)



काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद ढाकाकुमार श्रेष्ठ दोषी पाइएमा ७२ घण्टाभित्रै कारबाही हुने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीले उनको स्पष्टीकरण लिइसकेको र आज उक्त स्पष्टीकरण केन्द्रीय समितिमा बुझाउने तयारी रहेको बताएका हुन् ।

‘घटना बाहिर आउनेवित्तिकै उहाँलाई हामीले निलम्बन गर्यौ । अनुशासन समितिलाई उहाँको घटना छानविन गर्नुस् भनेर अधिकार दियौं । तदनुरुप २४ घण्टाभित्र अनुशासन समितिले उहाँको स्पष्टीकरण लिएको छ । अनुशासन समितिले प्रतिवेदन केन्द्रीय कमिटीलाई बुझाउँछ । केन्द्रीय कमिटीले प्रतिवेदनको आधारमा गर्नुपर्ने के हो ? निर्णय गर्छ,’– उनले भने ।

साथै, सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीचको फोन संवादमा भनिका कुराहरु सत्य नभएको पनि उनले जिकिर गरेका छन् । सार्वजनिक पदमा बसेको मान्छेमाथि आरोप लाग्दामात्रै पनि नैतिकताको प्रश्न उठ्ने भएकाले उनलाई पार्टीले निलम्बन गरेको सांसद परियारको भनाई छ ।

‘उहाँको भनिएको संवादमा जे भनिएको छ, त्यो सबै कुरा सत्य होइन । सार्वजनिक पदमा बसेको मान्छे आरोपितमात्रै हुँदा पनि उ भित्र नैतिक प्रश्न खडा हुन्छ । पार्टीका हिसाबमा हामीले तत्कालका लागि निलम्बन गर्यौं,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot