Logo

तनहुँ- १ मा गोविन्दराज जोशीले कांग्रेसलाई समर्थन नगर्ने (भिडियोसहित)



काठमाडौं, २९ चैत्र । गोविन्दराज जोशीले नेपाली कांग्रेसका प्रतिनिधिहरुले आफूलाई झुक्याउन र अल्मल्याउन खोजेको आरोप लगाएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै कांग्रेससँगको यो चरणको वार्ता समाप्त भएको पनि घोषणा गरेका छन् ।

‘नेपाली कांग्रेसका प्रतिनिधिहरुसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अल्मल्याउने र आलटाल गर्ने प्रयत्न भएको महशुस हामीले गरेका छौं । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा गर्दछौं,’– उनले भिडियो सन्देशमा भनेका छन् ।

नेपाली कांग्रेसबाट आफूले विगतमा गरेका गल्तीमा आत्मालोचना गरेको अवस्था र तनहुँ–१ मा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन क्रियाशील रहेको अवस्थामा क्रियाशील सदस्यता कायम रहने भनि जारी गरेको वक्तव्यमा जालझेल र अपमान रहेको उनको ठहर छ ।

उनको समूहले उपनिर्वाचनमा आफूहरुको कुनै उम्मेदवार र दल विशेषको समर्थन गरेको सदस्य नभएको भन्दै मतदातालाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न पनि उनले आग्रह गरेका छन् ।

जोशीलाई पार्टीले साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । उपनिर्वाचनको पुर्वसन्ध्यामा भने पार्टीले उनको कारबाही फुकुवा गर्दै निर्वाचनमा सघाउन आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्